Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अरुले नाफा कमाउँदा २५ प्रतिशत कर, बैंकिङ क्षेत्रले कमाउँदा ३० प्रतिशत ?

२०७८ कार्तिक २८ गते

बैंकिङ खबर । बैंकरहरुले नयाँ अर्थमन्त्री आउने वित्तीकै अघि सार्ने एउटा माग छ । त्यो हो नाफामा लाग्ने कर घटाउनुपर्ने । हालै बैंकर र अर्थमन्त्रीबीच छलफल भयो । अर्थमन्त्रीले बैंकरका कुरा सुने । बैंकरहरुले अधिकाँस पुरानै मागहरु दोहोराए । जुन माग बैंकरले लामो समयदेखि उठाउँदै आएका छन् ।

नेपालमा हाल अन्य कर्पोरेट क्षेत्रलाई नाफाको २५ प्रतिशत कर लाग्ने गरेको र बैंकिङ क्षेत्रलाई ३० प्रतिशत लिँइदै आएकोमा बेंकरहरुको गुनासो छ । उनीहरुले यो विषयलाई बारबार उठाइरहँदा पनि सरकारले सुनुवाई गरेको छैन । नाफाको ३० प्रतिशत करलाई २५ प्रतिशतमा झार्न बैंकरहरुको माग छ ।बैंकिङ क्षेत्रका कैयौं व्यक्तिलाई हाल बैंकिङ कसुर लागेको छ । बैंकिङ कसूर ऐनमा हस्ताक्षर गरेकै कारण जेल जानुपर्ने अवस्था रहेको भन्दै यसको संशोधन गर्न पनि अर्थमन्त्रीसँग बैंकरहरुले माग गरेका छन् । यो माग उनीहरुले बारबार हरेक अर्थमन्त्रीसमक्ष उठाउँदै आएका छन् । अन्य क्षेत्रलाई २५ प्रतिशत कर हुँदा बैंकवित्तलाई ३० प्रतिशत किन ? उनीहरुको प्रस्न छ ।

Ad