Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रीको २७ वाणिज्य बैंकका सिइओसँग छलफल, बैंकरले अघि सारे मागैमाग

२०७८ कार्तिक २६ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफल गर्नुभएको छ ।  अर्थमन्त्रीको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्र पनि सहभागि हुनुभयो । अर्थमन्त्री जनार्दन शर्माले तरलताको विषयमा बैंकरहरुसँग छलफल गर्नुभएको छ ।  छलफलमा राष्ट्र बैंकको तर्फबाट अहिलेको अर्थतन्त्रको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । बैंकरहरुले ऋण दिने पैसा नभएको भन्दै अर्थमन्त्रालयले सहजिकरण गर्नुपर्ने बताए । बैठकमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा केही बैंकबाट डेपुटी सीइओ सहभागी थिए ।

बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता अभावका कारण ऋण दिन समस्या भएको उल्लेख गर्नुभयो । बैठकमा अर्थमन्त्री शर्माले बैंकहरुले बैंकहरुको लगानी अनुसार आर्थिक वृद्धि हुन नसकेको उल्लेख गर्नुभयो । छलफलमा बैंकरहरुले रेमिट्यान्सलाई औपचारिक च्यानलबाट आउने वातावरण तयार गर्नुपर्ने, बैंकहरुको नाफा कर ३० प्रतिशतबाट २५ प्रतिशतमा झार्नुपर्ने, बैंकिङ कसुर ऐनमा संशोधन गर्नुपर्ने, सरकारी खर्च समयमा निकासा हुनुपर्ने, स्थानीय तहमा जाने पैसाको ५० प्रतिशतमात्रै निक्षेप गणना गर्न पाइने व्यवस्थालाई शतप्रतिशत गणना गर्न पाइने व्यवस्था गराउनुपर्ने लगायताका मागहरु अघि सारेका थिए । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले भने केही बोल्नुभएन ।

Ad