Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरूमध्ये नविल बैंकले सबैभन्दा धेरै लाभाँस दिने

२०७८ कार्तिक १८ गते

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा वाणिज्य बैंकहरूमध्ये नविल बैंकले सबैभन्दा धेरै लाभाँस दिने भएको छ । अन्य बेंकको तुलनामा नविल बैंक लाभाँस धेरै दिनेमा अघि देखिएको हो । हालसम्म् करिव डेड दर्जन बैंकहरुले लाभाँस घोषणा गरेका छन् । ती बैंकहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश घोषणा गरेका हुन् । नबिल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो आबमा ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

Ad