
बैंकिङ खबर । भाटभटेनीमा क्यूआर कोडमार्फत कारोबार गर्दा विशेषण छुट दिने भएको छ । प्रभु बैंकको क्युआर कोड उद्घाटन समारोहमा भटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले क्युआर कोडमार्फत भुक्तानी गर्दा ग्राहकलाई विशेष छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भन्नुभयो– मेरो व्यापारी जीवनको दोस्रो अविष्मरणीय क्षण भएको बताउनुभयो । व्यवसायी क्षेत्रमा लागेका व्यक्तिका लागि मुद्रा एकदमै महत्वपूर्ण हुन्छ, मुद्रामा हस्ताक्षर गर्ने व्यक्ति नै आज हामीबीच उपस्थित हुनुहुन्छ, गुरुङले भन्नुभयो ।

भटभटेनी सुपर मार्केट सानो ठाउँबाट सुरु भएर हाल दशौं लाख वर्गफिटमा विस्तारित भएको छ । एक जना सहयोगीको साथमा सुरु भएको भाटभटेनीमा हजारौं–हजारौं भाइबहिनीहरुले रोजगार पाएका छन् । भाटभटेनीको देशकै नं. १ राजश्व तिर्ने कम्पनी बन्ने र त्यस्तै नं. १ एम्प्लोयर बन्ने लक्ष्य रहेको छ । आजको यस कार्यक्रमले त्यो लक्ष्यमा पुग्न हौसला प्रदान गरेको छ । त्यस्तै नेपालको सरकारको डिजिटल पेमेन्ट सिष्टममा पनि आजैबाट भटभटेनी गइसकेको छ । पहिला डेभिट कार्ड, भिसा कार्ड र मास्टर कार्डबाट पेमेन्ट हुन्थ्यो भने आजबाट क्यूआर कोड पेमेन्ट सिष्टमबाट भुक्तानी गर्दिन समेत अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।
त्यस्तै भाटभटेनीमा दैनिक ४ हजार भन्दा बढी बील बन्छ र त्यसको पेमेन्ट क्यूआर सिष्टमबाट गर्दा विशेष छुट दिने समेत जानकारी गराउनुभयो । त्यसैगरी भाटभटेनीका क्लब कार्ड सदस्य झण्डै १२ लाख हुनुहुन्छ उनीहरुलाई पनि मेजेजमार्फत जानकारी गराइने बताउनुभयो । नेपाल सरकारले जुन क्यासलेस नीति ल्याएको छ त्यसमा हाम्रो तर्फबाट भरपुर सरकारलाई सहयोग हुने समेत प्रतिबद्धता जनाउनुभयो ।
भाटभटेनी सुपर मार्केटको क्यूआर कोर्डको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुभएको थियो । उक्त उद्घाटन समारोहमा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शोभाकान्त पौडेल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।