बैंकिङ खबर । तरलता अभावमा परेका बैंकहरु आन्तरिक ऋण व्यबस्थापनमा जुटेका छन् । तरलता अभाव पुर्ति गर्न एक बैंकबाट अर्को बैंकमा कर्जा प्रवाह गर्न सकिन्छ । यस्तो अबस्थामा रकम भएका बैंकले रकम नभएका बैंकलाई केही सिमिति अबधिका लागि ऋण बिक्री गर्न सक्नेछन् । बैंकहरुबीच अहिले यो काइृको सुरुवात भएको छ । यसका लागि निक्षेप संकलन भएका बैंकहरुले कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशत पुगेका बैंकको ऋण खरिद गर्न सक्नेछन् । यस्तो ऋण खरीद प्रकृया पछिल्लो समय बढेको छ ।