बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबीचमा मर्ज भएमा सुविधा दिँदै बाणिज्य बैंकको संख्या कटौतीको नीति लिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकबीचमा मर्ज भएमा मात्र सुविधा दिने नीति लिएको हो । २०७९ असार मसान्त भित्र गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त पुनः नियुक्त हुन बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकबीचमा मर्ज भएमा ६५ वर्ष उमेर पुगेको व्यक्तिलाई पनि एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत बन्न दिने व्यवस्थाको सुविधा दिएको छ ।