बैंकिङ खबर । नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको फाइबर तार काटेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) विरोध गरेको छ । (क्यान महासंघ) ले विज्ञप्ती जारी गरी विद्युत प्राधिकरणको उक्त कार्यविरुद्ध प्रधानमन्त्री एवं सञ्चार मन्त्रीका साथै सञ्चार मन्त्रालयलाई हस्तक्षेपकारी भूमिका खेल्न भनेको छ । इन्टरनेट तथा दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विद्युत प्राधिकरणद्धारा तार काटिएकोमा चर्को विरोध गर्दै आएका छन् । विद्युत प्राधिकरणले रकम नतिरेका कारण सूचना जारीप् गरेरै लाइन काटेको जनाएको छ ।