
बैंकिङ खबर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक सर्लाही मलंगवामा कार्यरत सन्तोषविक्रम शाह, अनिल गुप्ता र शिवनन्दन पासवान विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको तथा गुप्ता र पासवानले सहयोग गरेको अख्तियारले जनाएको छ । लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको भुक्तानी गरेको आरोप उनीहरुमा छ ।