Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्जा माग बढ्यो, निक्षेप संकलन घट्यो !

२०७८ भाद्र २० गते

बैंकिङ खबर । विकास बैंकहरुको कर्जा बृद्धि भएको छ भने निक्षेप संकलनमा कमी आएको छ । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अनुसार कर्जा प्रवाह बढाउँदै गएका विकास बैङ्कहरूमा निक्षेप सङ्कलनमा कमी आएको छ । पछिल्लो एक साताको अवधिमा चार खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपियाँ कर्जा परिचालन भएको छ । राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूमा कर्जाको माग बढेको छ । निक्षेप भने घट्दो क्रममा छ । एक सातामा १५ वटा विकास बैङ्कबाट दुई अर्ब २३ करोड ६० लाख रुपियाँ निक्षेप घटेको जनाइएको छ । डेभलपमेन्ट बैङ्कर एसोसिएसन नेपालका अनुसार यस अवधिमा राष्ट्रियस्तरका विकास बैङ्कहरूको एक अर्ब ७३ करोड ३० लाख तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूको ५० करोड ३० लाखले निक्षेप घटेको छ ।

Ad