Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !

२०७८ भाद्र १६ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बनमा परेका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो । अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का छन् ।

Ad