Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रदेश नंं २ को आर्थिक अबस्था कस्तो छ ? (राष्ट्र बैंकको रिपोर्ट सहित)

२०७८ भाद्र १५ गते

आर्थिक बर्ष २०७७/७८ को पहिलो अर्ध–वार्षिक अवधिमा आर्थिक क्रियाकलाप अपेक्षित रुपमा उत्साहजनक देखिएन । कोभिड–१९ ले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकरात्मक प्रभाव स्वरुप आ.व. २०७७/७८ को पहिलो त्रैमासिक अवधिमा समेत नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशतलेऋणात्मक हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । गत बर्षको सोही अवधिमा यस्तो वृद्धिदर २.७ प्रतिशत रहेको थियो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.६ प्रतिशत, १४.३ प्रतिशत र ५८.१ प्रतिशत रहेको छ ।

 राष्ट्रिय अर्थतन्त्रमा प्रदेश नं.२ को क्षेत्रगत हिस्सा
केन्द्रीय तथ्याङ्क बिभागका अनुसार आर्थिक बर्ष २०७६/७७ मा प्रदेश नं. २ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु.५ खर्ब १९ अर्ब हुने अनुमान गरिएको छ, जुन राष्ट्रिय अर्थतन्त्रको १३.७८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७६/७७ मा यस प्रदेशको आर्थिक वृद्धिदर २.२८ प्रतिशत कायम रहने अनुमान छ । प्रदेश नं.२ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ४०.५७ प्रतिशत, ११.१६ प्रतिशत र ४८.२७ प्रतिशत रहेको अनुमान छ ।

अन्तरप्रदेश तुलना

केन्द्रीय तथ्याङ्क बिभागले प्रकाशन गरेको आर्थिक बर्ष २०७६/७७ को ६ देखि ८ महिनासम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आँकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको अनुमानित तथ्याङ्क अनुसार नेपालका सातवटा प्रदेशको अन्तरप्रदेश समग्र आर्थिक अवस्था तुलना गर्दा देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी बागमती प्रदेशको ३५.८४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२७ प्रतिशत योगदान रहनेछ भने प्रदेश नं.२ को योगदान १३.७८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं.२ को हिस्सा सबैभन्दा धेरै ४०.५७ प्रतिशत र बागमती प्रदेशको हिस्सा सबैभन्दा कम १३.५३ प्रतिशत रहने अनुमान विभागले गरेको छ । उद्योग क्षेत्रको उत्पादनमा प्रदेश १ को सबैभन्दा बढी हिस्सा १७.७६ प्रतिशत र प्रदेश नं.२ को सबैभन्दा कम हिस्सा ११.१६ प्रतिशत रहने अनुमान गरेको छ । यसैगरी, सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको सबैभन्दा बढी हिस्सा ७५.१५ प्रतिशत र प्रदेश १ को सबैभन्दा कम हिस्सा ४४.६३ प्रतिशत रहने अनुमान रहेको छ । सेवाक्षेत्रमा प्रदेश नं.२ कोहिस्सा ४८.२७ प्रतिशत रहने अनुमान छ ।

Ad