
बैंकिङ खबर/ वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस २० प्रतिशतले वृद्धि भएको छ । २७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षकोे नाफाबाट कर्मचारीका लागि १० अर्ब १० करोड ७३ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका हुन् । अघिल्लो आवको नाफाबाट वाणिज्य बैंकहरुले कर्मचारीलाई आर्जित नाफाबाट ८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बोनसका लागि छुट्याएका थिए । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा २१ वटा बैंकको गत आवमा कर्मचारीलाई वितरण गर्ने बोनसमा वृद्धि भएको छ । ६ वटा बैंकले भने कर्मचारीलाई छुट्याउने बोनस अघिल्लो आवकोे तुलनामा गत आवमा घटाएका छन् ।
कसले कति बढाए ?
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले कर्मचारीले पाउने बोनस रकममा ८०.५४ प्रतिशतले बढाएको छ ।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले कर्मचारीले पाउने बोनस रकम ५.७० प्रतिशतले वृद्धि गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले कर्मचारीले पाउने बोनस रकम ६८.४७ प्रतिशतले वृद्धि गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले कर्मचारीले पाउने बोनस रकम ५९.८४ प्रतिशतले बढाएको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले बोनस रकम ५८.४५ प्रतिशतले बढाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले बोनस रकम ४७.९ प्रतिशतले बढाएको छ ।
मेगा बैंक
मेगा बैंकले कर्मचारीले पाउने बोनस रकम ४४.५८ प्रतिशतले बढाएको छ ।
प्राइम बैंक
प्राइम बैंकले कर्मचारीले पाउने बोनस रकम ४३.७७ प्रतिशतले बढाएको छ ।
ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमइ बैंकले कर्मचारीले पाउने बोनस रकम ४०.९ प्रतिशतले बढाएको छ ।
सिटिजन बैंक
सिटिजन बैंकले कर्मचारीले पाउने बोनस रकम ३६.८७ प्रतिशतले बढाएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले कर्मचारीले पाउने बोनस रकम ३२.२१ प्रतिशतले बढाएको छ ।
नेपाल बैंक
नेपाल बैंकले कर्मचारीले पाउने बोनस रकम ३१.९८ प्रतिशतले बढाएको छ ।
सानीमा बैंक
सानीमा बैंकले कर्मचारीले पाउने बोनस रकम २८.३५ प्रतिशतले बढाएको छ ।
नविल बैंक
नविल बैंकले कर्मचारीले पाउने बोनस रकम २६.२५ प्रतिशतले बढाएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले कर्मचारीले पाउने बोनस रकम २२.७९ प्रतिशतले बढाएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले कर्मचारीले पाउने बोनस रकम १९.८२ प्रतिशतले बढाएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले कर्मचारीले पाउने बोनस रकम १९.३२ प्रतिशतले बढाएको छ ।
सनराइज बैंक
सनराइज बैंकले कर्मचारीले पाउने बोनस रकम १५.२९ प्रतिशतले बढाएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कर्मचारीले पाउने बोनस रकम ११.८१ प्रतिशतले बढाएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले कर्मचारीले पाउने बोनस रकम ९.०५ प्रतिशतले बढाएको छ ।
बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौं बैंकले कर्मचारीले पाउने बोनस रकम ७.६५ प्रतिशतले बढाएको छ ।
सिभिल बैंक
सिभिल बैंकले कर्मचारीले पाउने बोनस रकम ११.८९ प्रतिशतले घटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीले पाउने बोनस रकम ११.९ प्रतिशतले घटाएको छ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकले कर्मचारीले पाउने बोनस रकम १४.३५ प्रतिशतले घटाएको छ ।
यी बोनस घटाउने बैंकले कर्मचारीलाई दिने बोनस रकम अघिल्लो आवको तुलनामा ११.८९ प्रतिशतदेखि ३९.०९ प्रतिशतसम्मले गत आवमा घटाएका हुन् । गत आवमा आर्जन गरेको नाफाबाट बैंकहरुले कर्मचारीका लागि न्यूनतम ८ करोड ६० लाख रुपैयाँदेखि ७१ करोड ४७ लाख रुपैयाँसम्म बोनसका लागि छुट्याएका छन् । सबैभन्दा बढी नबिल बैंकले ७१ करोड ४७ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ८ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।
ग्लोबल आइएमई बैंकले ६५ करोड २५ लाख रुपैयाँ र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ६१ करोड ३ लाख रुपैयाँ बोनश छुट्याएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा कर्मचारीलाई छुट्याउने बोनसमा ४ वटा बैंकले ५० प्रतिशतभन्दा बढी, १० वटा बैंकले २० देखि ५० प्रतिशतसम्म बोनस रकम वृद्धि गरेका छन् । ४ वटा बैंकले १० देखि २० प्रतिशतसम्म र ३ वटा बैंकले १० प्रतिशतभन्दा कमले कर्मचारी बोनस रकम वृद्धि गरेका छन् । साथै ६ वटा बैंकको भने बोनस घटेको छ ।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाले सहज
राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस वितरण गर्न थालेका हुन् । बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् । अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनशलाई किस्ता÷किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन् ।