
बैंकिङ खबर/ अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो ।
बुक बिलिडङ विधिबाट शेयर निष्काशनको तयारीमा रहेकोे सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष ढुंगानाको छोरी र सिईओ साउदको श्रीमतिले खरिद गर्नुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिनुभएको थियो । अर्थसचिव मधुकुमार मरासिनीले ढुंगाना र साउद दुवैलाई यस विषयमा व्यक्तिगत स्पष्टीकरण माग गरेको जानकारी दिनुभएको थियो । यसअघि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेसँग स्पष्टीकरण माग गरेको थियो।