Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१ लाख बढी ऋणीलाई १ सय ६१ अर्ब ४४ करोड कर्जा प्रवाह

२०७८ श्रावण २९ गते

बैंकिङ खबर । १ लाख बढी ऋणीलाई  सय ६१ अर्ब ४४ करोड कर्जा प्रवाह गरिएको छ । उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०७८ असारसम्ममा १ लाख बढी ऋणीलाई १६१ अर्ब ४४ करोड कर्जा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसायमा ४६,०५७ ऋणीलाई रु. १०६ अर्ब ९८ करोड र ५५,५५१ महिला उद्यमीलाई रु. ५० अर्ब ९८ करोड कर्जा लगानी भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य ८ शीर्षक अन्तर्गत २,५०१ ऋणीहरुसँंग रु. ३ अर्ब ४८ करोड कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

Ad