
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले विद्युतीय मुद्रा जारी गर्ने विषयमा अध्ययन अगाडि बढाएको हो ।