बैंकिङ खबर । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक हुनु पूर्व लिक भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकमा हङ्गामा भएको छ । आज अपराह्न सवा ४ बजे सार्वजनिक गरिने मौद्रिक नीति सार्वजनिक हुनु पूर्व नै बिभिन्न सञ्चार माध्यममा आएपछि हलचल मच्चिएको हो । मौद्रिक नीतिको समाचार प्रकाशित भएपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग स्पष्टिकरण मागेका छन् । गभर्नर अधिकारीले यसबारे बुझेर खबर गर्ने बताएको उल्लेख छ ।