एकबहादुर क्षत्री, अमेरिका
अबको केहीदिनमा नेपाल राष्ट्र बैंकका गभर्नरको आर्थिक बर्ष २०७८/ ७९ को मौद्रिक नीति आम जनमानसमा छाउने नै छ । के छ वा के छैन भन्ने कुरामा अहिले नै बहस गर्नुभन्दा अपेक्षा गरिएका कुराहरु आउने आशा कम गरिन्छ । मौद्रिक नीतिमा हुननुपर्ने केहि नहुने र नहुने सबै हुने नहोस् । मतलब कसैको लागि ठूलो माछा नै हात पर्ने र कसैको लागि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् ।
सबैको लागि हुनुपर्ने भनेको भ्रष्ट्राचार रहित समाज हो । राजनीतिमा वित्तीय अनुशासन हो । यसका लागि रु ५०० र रु १,००० का नोट खारेज गर्न सक्नुपर्दछ । त्यसो भएमात्रै शत प्रतिशत बैंक, भ्रस्ट्राचार निर्मूल तथा धेरै अपराध निर्मूल, प्रतिदिन रु २०० करोडको राजस्व चुहावट रोकिने छ । दोस्रो कुरा बृत कोष र तेश्रो कुरा ऋण छात्रवृति हुन् । मैले सो को आबश्यकता, औचित्य तथा तवर तरिका समयमा नै सम्बन्धित ब्यक्ति कहाँ मैले यस अघि पनि पुर्याएको थिएँ । तर अधिकाँस कार्यान्वयनमा आएनन् । तै पनि सुझाव दिनु र राम्रो काम गर भनेर भन्नु हाम्रो कर्तव्य नै हो । मेरो पनि कर्तब्य भनेर अगाडी बढी राखेको छु । अलि अलि पनि निराश नभएर अरु प्रयाश गर्नु पर्नेछ भनि बुझेर प्रयाशरत रहेको छु।
कहिले काँही काम नहुँदा झन् बढी प्रतिफल मिल्ने पनि हुन्छ । अहिले सो महसुस गरेको छु । मेरो सुझाब कार्यन्वयन राजी खुशीले नगरेको कारण १/२ लाखको बाहेक सबैको निकै भलो हुने देखेको छु । तिनीहरुको प्रतक्ष्य केहि नोक्शान हुदैन बांडीचुडी हुने मात्र हो । २–३ बर्षमा बृत कोषमा सजिलै रु २०-२५ हजार हुने, सबै एउटा होइन २–३ वटा बैंक खाता ३–४ महिनमा हुनेछ । इन्टरनेट सेवा नभएको गाउँ ठाउँमा पनि बैंक सेवा र बैंक खाता हुनेछ । बैंक खाता भए पछि सजिलै रु ५०० र रु १००० नोट खारेज गर्न सकिने छ । जसले गर्दा कर चुहावट, भ्रस्ट्राचार निर्मूल हुनेछ । अन्याय पनि कम हुने अदालत गए पछि न्याय पाइने छ । चुनाब पनि निष्पक्ष हुनेछ। न्यायालय भ्रस्ट्राचार भयो भनेर हैरान हुनु पर्ने छैन। यस्ता त् कति कति छन् बेला बेलामा पस्केको छु।
अर्को ठूलो उपलब्धि सबै नेपालीको एउटा नागरिक नम्बर हुनेछ अमेरिकमा पनि एसएसएन बृत कोषको लागि शरु गरिएको हो । त्यसपछि बेग्लै कर नम्बर लिनु पर्दैन । अहिलेको प्यान नम्बरलाई बृत नम्बरले बिस्थापित गरि दिनेछ । हरेक बर्ष ९८ प्रतिशत नेपालीको जनगणना केहि दिनमा हुनेछ। अब ठूलो काम हुने भयो सबै गौरवानित हुने बेला आएको जस्तो छ तर संघर्ष त गर्नै पर्छ । २–३ बर्ष अगाडी दैनिक रु १३० करोडको हाराहारीमा हुने गरेको राजस्व चुहावट, भ्रस्ट्राचार हुने गरेकोमा अहिले दैनिक रु २०० करोड पुगेको छ । नेपालको जनसंख्या ३ करोडको हिसाबले दैनिक रु ६६ र बार्षिक रु ७३,००० प्रति ब्यक्ति हुन आउँछ । राष्ट्रको कुल ग्राहस्थ उत्पादन रु।४२ खर्ब ६६ अर्ब ३२ करोड छ भने बार्षिक रु ७ खर्ब ३० अर्ब राजस्व चुहावट, भ्रस्ट्राचार हुने गरेको छ । जुन कुल ग्राहस्थ उत्पादनको १७ प्रतिशत हुन्छ। हामी सरकार, जनता, नेता, जाने बुझेका मौन रहेका छौ अनि खानेमा सहभागी हुन्छौ । सुधारमा भने चुप लागेर बस्छौं । जसको जोत उसकै पोत, भाडामा बसेको घर घर पोत्नेको, भाडाको रेक्शा चालकको हुन्छ भन्नेलाई आफनो लुटेको रकम चुनाबमा बाँडेको रकम र खाने पिउनेमा आफनो अमुल्य भोट गर्छौ । खै त कसैले केहि दिए रु केहिले त केहि पाए केहि ले पाए सडक छापे महलमा नपुगेको त् होइन। तिनीहरु अहिलका १–२ लाखमा पर्ने ब्यक्ति हुन्।
सबै जनताको बृत कोषमा रु २०–२५ हजार जम्मा गराउन र जघन्य चुहावट हटाउन को लागि सम्पूर्ण जनताले केहि त शान्ति पूर्बक सबै जनता, कार्यकर्ता, राजनैतिक दलहरुले एक स्वरमा केहि त गर्नु नै पर्छ । ८–१० सय को लागि पछि लाग्नेहरु झन् २०–२५ हजारको लागि पछि पर्ने छैनन । हात बानेर बसेर केहि हुदैन खान वा बाटोमा माग्नेले पनि हात फूर्तिका साथ फुकाउन पर्छ। डोकोमा दुध दुन सकिदैन केहि गर्नु पर्छ दुध थापने भाँडो त जोहो गर्न्नै पर्छ । हरेक नेपालीको हातमा रु २०–२५ हजार पर्ने भए पछि सम्पुर्ण जनताले साथ दिनु हुनेछ । सो सम्बन्धि बिस्तृत कुरा १०– १५ दिन भित्र सबैको सामु प्रस्तुत हुनेछु अहिले त मौद्रिकनीति बारेमा चुप लाग्नु राम्रो होइन भनि मात्र पस्केको हो । ऋण छात्रबृतिको कुरा के भएछ भन्नेको कुरामा झन् बृहद हुने कुरो भएको छ जसमा तीन बर्ष भित्र बृत कोषमा जम्मा हुने रकम अर्थात् रु २०–२५ हजारको को ५ –१० प्रतिशत आफनो वार्डमा ऋण छात्रबृतिको कोष स्थापना गर्न सकिन्छ । नपाउने रकम पाएको २०–२५ हजार पाएको बेलामा ऋण छात्रबृतिको आफनै वार्डको ऋण छात्रबृति लागि शुरुवात गरि केहि राहत दिन सकिन्छ। आमजनताले एक जुट भै सहयोग गर्नु हुनेछ । आफनो लागि आफै गर्नु पर्छ। मेरो धारणाको प्रकशित गर्ने, हेर्ने शेयर गर्ने अनि सुझाब दिने प्रति आभारी छु। अरु सहयोको अपेक्षा गर्दछु । ठूला नोट र क्रिपटो दुवै सबैका दुश्मन हुन् । नेपालमा नोट हटाउनु नितान्त आबश्यक छ । बैंक नभएको ठाउँमा झन् लागु गर्नु पर्छ र सकिन्छ पनि ।