बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू राख्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै “विकास ऋणपत्र २०७९ ’घ’ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू राख्ने जनाएको हो । शनिबार बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहने सूचनामा उल्लेख छ ।
