Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भैरवचौर सहकारीमा नक्कली पेस्तोल देखाई धम्की दिने २ जना पक्राउ

२०७८ श्रावण २० गते


बैंकिङ खबर/काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अलबहादुर बम र यसै ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका उनहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पार्न खोजेका थिए । तत्काल फरार भएपछि संस्थाले प्रहरीलाई जानकारी गराएको थियो ।
महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र स्कुटरसहित पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad