Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

२०७८ श्रावण १४ गते


बैंकिङ खबर/अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । भित्री सूचनाको आधारमा सेयर कारोबार (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि अर्थमन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।
बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानालाई प्रिमियममा आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ताभन्दा बढी सेयर छोरीको नाममा किनेको आरोप लागेको छ ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।

Ad