Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारी

२०७८ श्रावण १३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बुधबार(आज) २० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । राष्ट्र बैंकले बुधबार निष्कासन गरेकाे २० अर्बको निक्षेप संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो ।

१४ दिनपछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्काशन गरेकाे निक्षेपको साउन १३ गते बुधबार दिउँसो ३ बजे अनलाईन बिडिङ मार्फत बोलकबोल हुनेछ । जसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । बैंकले साँवा तथा ब्याज भुक्तानी यहि साउन २७ गते हुने जनाएको छ ।
घटीमा ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

 

Ad