Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामाजिक सुरक्षा कोषविरुद्ध सडकमै उत्रिए बैंकवित्तका कर्मचारी

२०७८ श्रावण ४ गते

बैंकिङ खबर/सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र बैंक, वित्तीय संस्थाका कर्मचारीबीच वार्ता सफल हुन नसकेपछि यसले उग्ररुप लिएको छ । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक, वित्तका कर्मचारीहरु यतिबेला सडक आन्दोलनमा उत्रिदैँ आएका छन् । सामाजिक सुरक्षा कोषले भाषा संशोधन नगर्दा र बैंक वित्तका कर्मचारीले हालको सर्त नछोड्दा समस्या बल्झिएको हो । बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका छन् । यस अघि कार्यालयमा कालो पट्टी बाँधेर र  र्‍याली गरेका बैंकका कर्मचारीहरुले सोमबार भने मुख्य सडकमै आएर आन्दोलनमा उत्रिएका छन् ।

आफुहरुले अगाडी सारेको १५ बुँदे मागलाई बेवास्ता गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रीय कार्यालयदेखि दरबार मार्गसम्म सडक  र्‍याली गरेर कोषविरुद्ध आन्दोलनको स्वरूप बदलेका हुन् ।
माछापुछ्रे बैंक, सिद्दार्थ बैंक, कुमारी बैक, बैंक अफ काठमान्डु, नेपाल बंगालदेश बैंक लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रीय कार्यालयदेखि दरबारमार्गसम्म सडक  र्‍याली निकालेका थिए ।
यता कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटको सुनुवाई मंगलबारसम्मका लागि सरेको छ । यहि असार २२ गते सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले दुबै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने भन्दै बिहीबारका लागि समय तोकेको थियो । बिहीबार सर्वोच्चका न्यायाधिशहरुको पूर्ण बैठक बस्ने भएपछि उक्त मुद्दाको सुनुवाइ सरेको हो । सार्वेच्चले सुनुवाइको मिति साउन ५ गतेलाई तोकेको छ ।

Ad