
बैंकिङ खबर/सामाजिक सुरक्षा कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटको सुनुवाई सरेको छ । यहि असार २२ गते सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले दुबै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने भन्दै बिहीबारका लागि समय तोकेको थियो । बिहीबार सर्वोच्चका न्यायाधिशहरुको पूर्ण बैठक बस्ने भएपछि उक्त मुद्दाकाे सुनुवाइ सरेको हो । अब अर्को मिति साउन ५ गतेलाई तोकिएको छ ।
गत मंगलबारको मुद्दामा कर्मचारीका तर्फबाट बहस भएको थियो । जीफण्डका तर्फबाट पनि ५ जनाले बहस गरेका थिए । जीफण्टका बकिलहरुले सामाजिक सुरक्षा कोषमा जानै पर्ने दलिल दिएका थिए ।
सर्बोच्चले अर्को मिति दिएपछि कर्मचारीहरुले बिहीबारै बैंकर्स संघमा बैठक डाकेर सर्वोच्चको निर्णय नआएपसम्म सामाजिक सुरक्षा कोषमा नजाने सहमति गरेका छन् । कोषमा बिहीबार साँझ ५ बजेसम्म जानुपर्ने व्यवस्था छ ।
असार मसान्तसम्म नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि यतिबेला बैंक तथा वित्तीय संस्थाका कर्मचरीहरु आन्दोलनमा रहेका छन् ।