
बैंकिङ खबर/सामाजिक सुरक्षा कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटमा बिहीबार दुबै पक्ष सवाच्च अदालतमा उपस्थित हुँदैछन् ।
यसअघि सर्वोच्चले सामाजिक सुरक्षा कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले ३१ गते दुबै पक्षलाई छलफलका लागि बोलाएका हो । त्यसपछि अन्तरिम आदेश दिने/नदिने निर्णय हुने छ ।
गत मंगलबारको मुद्दामा कर्मचारीका तर्फबाट बहस भएको थियो । जीफण्डका तर्फबाट पनि ५ जनाले बहस गरेका थिए । जीफण्टका बकिलहरुले सामाजिक सुरक्षा कोषमा जानै पर्ने दलिल दिएका थिए । त्यसपछि केसीको इजलासले कोषसमेतसँग छलफल गर्ने गरी ३१ गतेलाई अर्को समय दिएका छन् । ३१ गते समय दिइएकाले अदालतमा यो बिचाराधिन भएको छ । बिचाराधिन मुद्दामा जबर्जस्ती आइज भनेर सामाजिक सुरक्षा कोषले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको तर्क छ ।
कर्मचारीले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ती लैजान खोजेको भन्दै गत आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।