Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा हुनुभयो मेघेन्द्र प्रकाश गिरी

२०७८ असार २९ गते

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्सको कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा हुनुभएको छ। गिरी विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत हुनुहुन्थ्यो ।
उहाँले भन्नुभएको छ, ‘नेपाल लाइफ इन्सोरेन्समा ४० महिनाको अविश्मरणीय सेवालाई विट मार्दै बिदा लिएको छु । यो यात्रालाई सहज तथा सफल बनाउन प्रत्यक्ष–परोक्ष रुपमा निरन्तर साथ–सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मचक्षेत्रलाई यो उचाइसम्म पु¥याउनका लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरु एवं मेरा परम मित्रहरुमा हृदयदेखि नै कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछु ।’ यस्तै उहाँले आगामी यात्रामा पनि निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सतमार्गको अपेक्षा गर्नुभएको छ ।
गिरीले एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बताउनुभएको छ ।

 

Ad