Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रकम नभएको खाताको चेक दिएर ठगी, दुई जना पक्राउ

२०७८ असार २९ गते


बैंकिङ खबर/खातामा रकम नभएको चेक दिएर ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ घर भई काठमाडौं थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौंकै शान्तिटोल बस्ने ६३ वर्षीय महेन्द प्रसाद मिश्र रहेका छन्।
उनीहरुले खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेक दिएर जाहेरवालालाई ठगी गरेको प्रहरीले जनाएको छ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले गणेशमान श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो भने महेन्द्र प्रसाद मिश्र लाई ७ दिन कैद र ५२ लाख जरिवाना गरेको थियो ।

Ad