
बैंकिङ खबर/चालु आर्थिक वर्ष सकिनै लाग्दा यतिबेला बैंक तथा वित्तीय संस्थाहरू असार मसान्तको चटारोमा छन्। असार मसान्तको चटारोमा राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् ।
त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । तर शुक्रबार राष्ट्र बैंकले भने सूचना निकालेको छैन । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने बताउनुभयाे ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले शाखा कार्यालयहरुले चेक क्लियरेन्स समेतका केही सेवाका लागि शनिबार बैंक खुला हुने बताउनुभयाे ।
नेपाल राष्ट्र बैंक
असार मसान्तको चटारोः राजश्व संकलनका लागि शनिबार बैंकवित्त खुल्ला रहने
२०७८ असार २५ गते