Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी ३४ लाख निकालेपछि…

२०७८ असार २२ गते


बैंकिङ खबर/ म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएम मेशिनबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।

पैसा निकाल्दै गरेको सूचना पाएपछि खटिएको प्रहरीले काठमाडौं भत्केको पुल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङ रहेका छन् । उनीहरूको साथबाट एटीएम कार्ड र २१ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरूले म्याद सकिएको ल्वयड्स बैंक लन्डनको भिसा डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल र हात्तीसारबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ । यसरी निकालेको रकममध्ये १० लाख रुपैयाँ सहकारीमा राखेको पनि प्रहरीले जनाएको छ ।

Ad