Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सूचीकृत सबै कम्पनीको जोखिम मूल्यांकन गरी नामावली सार्वजनिक गर्ने तयारी

२०७८ असार २० गते


बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले सूचीकृत सम्पूर्ण कम्पनीहरुको जोखिम मूल्यांकन गरी वित्तीय अवस्था सार्वजनिक तयारी गरेको छ ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भई कारोबार भइरहेका २ सयभन्दा बढी कम्पनीहरुको वित्तीय अवस्था सार्वजनिक गर्ने भएको हो ।

बोर्डले यसअघि सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ५१ वटा कम्पनीमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएको आशंकामा सूची प्रकाशित गरेको थियो । जसमा ती कम्पनीहरुमा लगानी गर्दाको फाइदा वास्तवमा कति छ त्यसको उजागर लगानीकर्तामा गरिएको बोर्डले उल्लेख गरेको थियो ।

सोही अनुसार बोर्डले पुनः नेप्सेमामा सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरण सहित नामावली सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।

Ad