Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको नक्कली फेसबुक बनाएर अनुदानको प्रलोभन

२०७८ असार १७ गते


बैंकिङ खबर/ विभिन्न जिम्मेवार संस्थाहरुको नक्कली खाता (फेक अकाउन्ट) बनाएर फिसिङ गर्दै आएका फिसरहरुले राष्ट्र बैंकलाई दुरुपयोग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सेन्ट्रल बैंक अफ नेपालको नामबाट २०० जना व्यक्तिको लागि नगद अनुदान घोषणा गरेको भ्रामक सन्देश दिँदै दर्ता हुन लिंक समावेश गरिएको छ।
यसअघि प्रधानमन्त्री ओलीको तस्बिर दुरुपयोग गर्दै फिसरहरुले सरकारले ११ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको भन्दै दर्ता गर्न आह्वान गरेका थिए। इच्छुक प्रयोगकर्ताहरुलाई लिंकमा गएर नामसहितका विवरण दर्ता गर्न अनुरोध सहितको उक्त झुटो जानकारीसहितको पोष्ट फेसबुकको न्यूजफिडमा अझै पनि आउने गरेका छ।

बैंकिङ फिसिङ कसरी हुन्छ ? जोगिने उपाय के के ?

तपाईको इमेलमा कहिलेकाँही विभिन्न प्रलोभनसहित लिंकहरु पठाइएको हुनसक्छ । त्यहाँ तपाईले कुनै बम्पर पुरस्कार पाउनुहुने भएको, लक्की ड्रमा नाम परेको वा कुनै देशको भिसा लागेको भनि इमेलसहित लिंक पठाइएको हुन्छ । कहिलेकाँही तपाईलाई अज्ञात नम्बरबाट मेसेज पनि आउन सक्छ । त्यो मेसेजमा पनि तपाईलाई कुनै प्रलोभन देखाएर तपाईको बैंक तथा क्रेडिट कार्डसम्बन्धी जानकारी लिने प्रयास गरिन्छ । कहिले काहीँ नयाँ अज्ञात नम्बरबाट कल पनि आउन सक्छ । जसको उद्देश्य पूरा भयो भने तपाई ठगिनुहुनेछ । यस्ता ठगीका कामलाई फिशिंग भनिन्छ । 

बैंकिङ फिसिङबाट बच्ने तरिका
फिशिंगमा तपाईलाई इमेल आउँछ, जब तपाईले सो इमेलमा क्लीक गर्नुहुन्छ, त्यसले तपाईलाई अन्य साइटमा लैजान्छ र तपाईको गोप्य जानकारीहरु पत्ता लगाउँछ । तर विशिंग वा आवाजसहितको फिशिंगमा तपाईलाई झुक्याउन उनीहरुले अलि सजिलोजस्तो भएको पाइएको छ । यसमा तपाईलाई कल आउँछ अनि तपाइसंग कुनै बाहाना गरी एटीएम कार्डको नम्बर वा बैंकको पिन माग्छ । कल गर्नेले तपाईलाई बैंककै कुनै अधिकारी वा कर्मचारीले नै कल गरेको हो भन्ने विश्वास दिलाउने प्रयास गर्छ । कहिले काहीँ उसले तपाईसंग क्रेडिट कार्डको पछाडी लेखेको सीवीवी कोड पनि माग्छ । तर ध्यान पुर्याउनुस्, तपाईसंग बैंकको कुनै पनि कर्मचारीले क्रेडिट वा डेबिट कार्डको नम्बर माग्दैन । यदी तपाईसंग यो जानकारी मागियो भने त्यो एउटा आइवीआरएस सिस्टममा हुन्छ जो एउटा कम्युटरको काम हो । सीवीवी नम्बर पनि कहिले आईवीआरएसमा मागिदैन, जबसम्म कुनै अनुसन्धान वा कारबाही गर्नुपर्ने हुँदैन । 

Ad