Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सचेत रही डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न आग्रह

२०७८ असार १६ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स एशोसिएसन (एनबीए) ले सचेत भएर डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुलाई आग्रह गरेको छ।  एनबीएले बुधवार सूचना जारी गर्दै अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न प्रलोभनमा पारी ठगिरहेको बताएको छ ।
‘विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खातारव्यक्तिगत विवरण माग गर्ने गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड (ओटीपी)  प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउनेजस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएको छ।’

यस्ता विषयमा सजक रही आफ्नो व्यक्तिगत र गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न पनि एनबीएले भनेको छ। ‘त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नहुन आग्रह गर्दछौं’, एनबीएले भनेको छ। 

Ad