Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

देउखुरी सहकारी प्रकरणः गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

२०७८ असार १६ गते


बैंकिङ खबर/दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको अरोपमा अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश जारी गरिएको छ । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने बताए ।

सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जनामध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।
यता अध्यक्ष सुवेदीले भने आफुले सहकारीको रकम हिनामिना नगरेको अस्वीकार गर्दै आएका छन् ।

देउखुरी सहकारीमा ५ करोड हिनामिनामा गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा

Ad