
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिशन) गर्नका लागि अन्तिम स्वीकृती प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ति (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तीम स्वीकृती प्रदान गरेको हो ।
दुवै लघुवित्तहरुको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो । प्राप्ती (एक्विजीशन)पश्चात लघुवित्तकोे केन्द्रीय कार्यालय बागलुङ बजारमा रहने छ ।
लघुवित्त
सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
२०७८ असार १५ गते
