
बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।
नेप्से प्रवक्ता मुरारि पराजुलीका अनुसार उहाँले सोमबार नै पदभार सम्हाल्नुभएकाेि छ । मैनाली यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको महत्त्वपूर्ण निकाय राजस्व अनुसन्धान विभागमा बसेर काम गर्नुभएको थियो ।
राजस्व अनुसन्धान विभागमा जान प्रयास गरे पनि अर्थ मन्त्रामलयले राजस्व अनुसन्धान विभागमा झक्कप्रसाद आचार्यलाई सरुवा गरेपछि उहाँलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखका रुपमा सुरुवा गरिएको थियो ।