
बैंकिङ खबर/नेपालमा पहिलोपटक डिजिटल भिसा प्रणाली लागू भएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै गृहमन्त्री विष्णु पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरेका हुन् ।
अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्दै पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् ।
क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । सँगै सेवा प्रबाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ ।