Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ सफ्टवेयर लागू गर्दै बीमा संस्थान, तीन दिन कारोबार बन्द

२०७८ असार १४ गते


बैंकिङ खबर/राष्ट्रिय बीमा संस्थानले नयाँ सफ्टवेयर लागू गर्ने भएको छ । नयाँ सफ्टवेयर लागू गर्न संस्थानले
सम्पूर्ण कार्यालयबाट हुने कारोबार ३ दिन बन्द गर्ने जनाएको छ । कम्पनीले संस्थानमा नयाँ सफ्टवेयर लागु गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन कार्य हुने भएकोले कारोबार बन्द रहने जनाएको हो ।
कम्पनीले २०७८ असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द रहने जनाएको हो । कम्पनीले यस बारेमा थप जानकारी आवश्यक परेमा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Ad