२०७३ भाद्र ८ गते

सूर्या लाईफ इन्स्योरेन्समा जागीर खुल्यो !

suryaसुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जागीर खुलेको छ । कम्पनीमा रिसेप्सनिस्ट अथवा जुनियर एसिस्टेन्ट पदका लागि जागीर खुलेको हो । आवश्यक संख्या नतोकेको कम्पनीले कमर्समा स्नातक गर्दै गरेको या पास गरेकाले आवेदन दिन सक्ने बताएको छ । साथै, ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने र फन्ट डेस्कमा बसेर काम गरेको अनुभव हुनुपर्ने बताइएको छ । फोन उठाउने र सम्बन्धित गन्तव्यमा फरवार्ड गर्ने, विभिन्न कागजातहरु स्क्यान तथा इमेल गर्ने, विभिन्न रिपोर्टहरु तयार गर्ने लगायतका जिम्मेवारी सम्हाल्न सक्ने हुनुपर्ने समेत कम्पनीले बताएको छ । कम्पनीको नीति नियमअनुसार पारिश्रमिक र सुविधा दिइने जानकारी कम्पनीले दिएको छ । 

इच्छुक व्यक्तिले वायोटाडासहितको निवेदन ५ सेप्टेम्बर अर्थात् भदौ २० गते भित्रमा subash.koirala@surylife.com मा इमेल गर्न आह्वान गरिएको छ । 

देशभरका निपुण र इच्छुक सीए तथा एमबीए गरेहरुले पनि चाहेको पद र अपेक्षित सेवासुविधा समावेश गरी इमेल गर्न सक्ने बताइएको छ ।