
बैंकिङ खबर/नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै व्यापार व्यवसाय अस्तव्यस्त बनेको छ । कोरोनाको पहिलो लहरपछि लयमा फर्किन थालेको व्यापार व्यवसाय दोस्रो लहरले पुनः अस्तव्यस्त बनायो ।
कोरोनाका कारण देशभरको व्यापार–व्यवसाय चौपट बनेको छ । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा केहि खुकुलो बनाइएपनि व्यापार व्यावसाय भने पूर्ण रुपमा सञ्चानल हुन सकेको छैन् । यसरी हेर्दा व्यापार व्यवसाय लयमा फर्कaन केहि समय पर्खनुपर्नेछ ।
चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प
नेपालमा चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प रहेको छ । नेपाल राष्ट्रिय उद्योग महासंघका केन्द्रीय सहसंयोजक भिमलाल पौडेल कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र आक्रान्त बनेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यतिबेला चीनबाट हुने आयात दुई वषदेखि ठप्प रहेको अवस्था छ । दैनिक उपभोग्य सामानहरु, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरु ल्याउन सक्ने अवस्था छैन । हाम्रो धेरै सामानहरु चीनबाटै आउने र त्यहाँ गएरै नेपाली व्यापारीहरुले छानेर ल्याउने स्थिति लगभग बन्द नै भएको अवस्था छ ।’
कोरोनाका कारण उद्योगधन्दामा प्रयोग हुने कच्चा पदार्थ पनि अभाव भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका कारण उद्योग धन्दामा प्रयोग हुने कच्चा पदार्थ अभाव भएको छ । अर्कोतिर अरबौं लगानी गरेका ठूला–ठूला होटलहरु कोरोनाका कारण एकदमै नाजुक अवस्थामा पुगेका छन् । त्यस्ता होटलमा लगानी गर्नेको स्थिति भयाभह छ ।’
कर्जाको माग घट्यो
व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसक्दा बैंकहरुमा कर्जाको माग पनि घटेको छ । नेपाल बैंकर्स संघले तथ्यांक अनुसार आर्थिक वर्षको चौँथो त्रैमासको जेठ महिनाको मध्यतिर आइपुग्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ ।
नेपाल बैंकर्स संघकाअनुसार जेठ महिनाको दोस्रो हप्तासम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले बढ्दा कर्जा लगानी भने ८ अर्बले मात्र बढेको छ ।
निषेधाज्ञाको समयमा मालपोत कार्यालय बन्द हुने भएकाले पनि यो समय बैंक वित्तीय संस्थाहरुको कर्जा लगानीमा धेरै सुस्तता आएको हो ।
नेपालमा बैंक वित्तीय संस्थाहरुले अधिकांश कर्जा जग्गा धितो राखेर मात्र प्रवाह गर्ने भएकाले पछिल्लो निषेधाज्ञाको समयमा मालपोत कार्यलय बन्द हुँदा कर्जा प्रवाह हुन नसकेको बैंकरहरु बताउँछन् ।
जेठको १४ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ५६ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेकोमा जेठ २१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ६९ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् जेठ १४ देखि २१ गतेसम्म बैंकहरुले १३ अर्ब निक्षेप संकलन गरी ८ अर्ब कर्जा लगानी गरेका छन् ।
बैंकहरूले बढाए निक्षेपको ब्याजदर
असार १ बाट लागू हुने गरि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।
कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न बैशाखमा सरकारले देशव्यापी निषेधाज्ञा लगाएपछि बैंकले लगानी गर्न सकेका थिएनन् । जेठमा बैंकहरूले त्यसबेला मुद्दती खातामा ६ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ७.६ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् ।
ऋणको माग बढेको र मागअनुसारको निक्षेप संकलन हुन नसकेपछि बैंकहरूले ब्याजदर बढाउन बढाउन थालेका छन् । गत जेठमा बैंकहरूले मुद्दती घटाएर ६ प्रतिशतसम्म पु¥याएको थियो । तर, कर्जा प्रवाह बढाइरहेको अवस्थामा निक्षेप संकलनमा कमी आयो । तरलतामा चाप पर्ने देखिएपछि बैंकहरूले मुद्दतीमा ब्याजदर बढाएका हुन् ।