Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बोर्डका अध्यक्षलाई नेप्से प्रमुखको जवाफ‘हाम्रो हैसियत एउटै हो’

२०७८ असार ४ गते


बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउदले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई आफूहरू दुवै जनाको हैसियत एउटै भएको जवाफ दिएका छन् ।
बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि साउदले नकारात्मक टिप्पणी गरेको भन्दै बोर्डले बोलाएको छलफलका क्रममा नेप्से प्रमुख साउदले बोर्ड अध्यक्ष ढुंगानालाई आफूहरूको हैसियत एकै भएको जवाफ दिएका हुन् ।
अध्यक्ष भीष्म ढुंगानाले बोर्डले जारी गरेको विज्ञप्तिबारे जथाभावी नकारात्मक टिप्पणी नगर्न साउदलाई चेतावनी दिएका थिए । तर साउदले नराम्रो कुराको ढाकछोप गर्न आफूले नसक्ने र चुप बस्न पनि नसक्ने बताए ।
‘हामी दुवैलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । तपाईंले मलाई यसो गर्नुस् र उसो गर्नुस् भन्न मिल्दैन,’ साउदले बोर्ड अध्यक्ष ढुंगानालाई जवाफ फर्काए । बोर्डका एक उच्च अधिकारीका अनुसार साउदले अध्यक्ष ढुंगानालाई आफूहरुको हैसियत एउटै भएको जवाफ फर्काएपछि ढुंगाना मौन भएका थिए ।
मंगलबार बोर्डले लगानीकर्ताहरुलाई सजग भएर लगानी गर्न आग्रह गर्दै ५१ कम्पनीहरुको सेयरमूल्य अस्वाभाविक रुपमा बढेको सूची सावैजनिक गरेको थियो ।

Ad