Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गरिमा विकास बैंकको सहायक कम्पनी बन्यो के.सी.एल असट्युट

२०७८ असार ४ गते

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडबीच शेयर स्वामित्व खरिद गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलका अध्यक्ष दीपक पाण्डेयले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सो सम्झौता पश्चात के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित हुने भएको छ ।

गरिमा विकास बैंक लिमिटेडले शेयर लगानी गरे पश्चात के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका अध्यक्ष दीपक पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Ad