
बैंकिङ खबर/बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय भएका व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोका ४० वर्षीय हिरा महर्जनलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलले जनाएको छ ।
ललितपुर जिल्ला अदालतले महर्जनविरूद्ध २०७२ साल पुस १५ गते एक करोड १५ लाख ३८ करोड जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो।
उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले ललितपुर जिल्ला अदालतमा बुझाइसकेको छ।