
बैकिङ खबर/मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले दुई बैंकका कार्यालय बगाएको छ । नदीले प्राइम बैंक र प्रभु बैंकको कार्यालय, गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको हो।
बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।