Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नविल बैंकको एटीएम तोडफोड गर्दै गर्दा रंगेहात पक्राउ

२०७८ जेष्ठ २५ गते

बैंकिङ खबर/ उदयपुरकाे त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  त्रियुगा नगरपालिका–३ का भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोर रहेका छन् । 

एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । तोडफोडमा संलग्न  अन्य व्यक्तिहरुको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Ad