Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहुलियत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने तयारी

२०७८ जेष्ठ २० गते

बैंकिङ खबर/ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहुलियत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने भएको छ । कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।

मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा उहाँले भन्नुभयो, ‘मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं ।’ कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफुहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञानकेन्द्र मार्फत यस विषयमा किसानहरलाई सूचना दिनुपर्ने बताउनुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीयतहमाअनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एक रुपता आउने र दोहोरपना घट्ने बताउनुभयो । उहाँले कोभिड १९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताउनुभयो । विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडी बढाउँदै जानुपर्ने उहाँको भनाई छ ।

उहाँले प्राङ्गारिक, जैविक मल लगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आएपनि त्यो प्रयाप्त भने नभएको बताउनुभयो । सरकारले आगामीआर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषणजनक रहेको उहाँको भनाइ छ । उहाँले आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताउनुभयो ।

Ad