
बैंकिङ खबर । कोभिड महामारी र अस्थीर सरकारको चपेटामा सेयर कारोबार साेमबार पनि सबैभन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक नयाँ उचाइमा पुगेको हाे । साेमबार सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएकाे छ।
आइतबार ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचकले आइतबार २८ सय २३ माथि पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक २८ सय २० माथि पुगेकाे थियो ।