Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लघुवित्तले बन्द अवधिभरी ‘व्याज र हर्जना’मा छुट दिनेछन्

२०७८ जेष्ठ ६ गते

बसन्त लम्साल
अहिले कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहरले लघुवित्तसहित सबै क्षेत्रमा प्रभाव पारेको अवस्था छ । यसको इम्प्याक्ट कति लेभलमा परेको छ भन्ने अहिले थाहा छैन । व्यापार व्यवसाय सबै बन्द छन् । कोरोना भाइरसको असर सबै क्षेत्रमा पर्ने देखिन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा अहिले पूर्ण एवं आंशिक निषेधाज्ञा छ । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । यसको असर त पर्ने नै भयो । कस्तो पर्छ भन्ने तथ्यांकहरु हामीसँग छैन ।

लघुवित्तका मेम्बरले पैसा तिर्न छाडिसके
लघुवित्तका मेम्बरहरुले वैशाख १५, २० गतेदेखि पैसा तिर्न छोडेको अवस्था छ । उहाँहरुले निषेधाज्ञाका कारण हामिले पैसा तिर्न सक्दैनाैँ, हामिले पनि खानुपर्छ । बन्द हुँदैछ भनेर पैसा तिर्न छोडेका छन् । हामिले पनि यस्तो महामारीमा निषेधाज्ञाको अप्ठ्यारो बेला पैसा तिर्नु  भनेर भन्नु भएन । यो निषेधाज्ञा कहिलेसम्म जान्छ भन्नेमा भर पर्छ । जेठको १५ बाट अलि सहज हुँदै भयो भने धेरै इम्प्याक्ट नपर्ला भन्न सकिन्छ । जति लम्बिन्छ । त्यति अप्ठ्यारो हुन्छ ।
कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा लम्बिदै गयो भने चुनौती पक्कै देखिन्छ । एउटा व्यक्तिले व्यवसाय गर्न पाउँदैन । १५ दिन गरेन भने केहि फरक पर्दैन । २ महिना गरेन भने गाह्रौ हुन्छ । ३ महिना भयो भने झन् गाह्रो हुन्छ ।
अहिले व्यापार, व्यवसाय सबै ठप्प छ । सटेन व्यवसाय जस्तो मेडिकल सञ्चालन गर्नेका लागि धेरै असर नपर्ला, तर होटल व्यवसाय, एग्रिकल्चर फार्महरु छन् । यसमा असर पर्ने देखिन्छ । कुखुरा पाल्न नसक्ने, भैँसी पालेर दुध बेच्न नसक्ने स्थिति छ । यसरी सबै व्यवसायलाई यसले असर पारिराखेको छ ।

लुघवित्तका कर्मचारी पनि संक्रमित
कोरोना भाइरस लुघवित्त क्षेत्रका कर्मचारीमा पनि निकै देखिएको छ । कोरोनाका कारण त्यस्तो अप्रिया घटनाहरु त घटेका छैनन् । तर धेरै संस्थाहरुमा सक्रमित भएको भन्ने कुराहरु आएको छ । तर डेथ केशहरु भएको घटना छैन । संक्रमणको कुरा गर्दा मेरो संस्थामा पनि ७, ८ जना संक्रमित भएका थिए । तर उनीहरु अहिले रिकभर भइसकेको अवस्था छ ।

१० प्रतिशत छुट

यो कोरोना महामारीको अवस्थामा लघुवित्तले आफ्नो सदस्यहरुलाई व्याज र हर्जनामा १० प्रतिशत छुट दिने निर्णय भएको छ । यो हामिले सबै लघुवित्तलाई निर्देशन पनि दिएका छौं । सबै संस्थाहरुले व्याजमा १० प्रतिशत छुट दिइरहेका छन् ।

सानो घटनालाई अतिरञ्जित गरियो
कोरोना महामारीको समयमा लघुवित्तले गाउँगाउँमा गएर कोरोना फैलाए भन्ने जुन समाचार आएको छ । त्यो सानो घटनालाई अतिरञ्जित गरेको देखिन्छ ।
लघुवित्तको हरेक महिना झन्डै २८ लाख मान्छेसँग कारोबार हुन्छ । कतै त्यस्तो घटना पनि हुन सक्छन् । त्यसलाई हामिले सतर्कता पूर्वक हेरेका छौं । त्यस्तोनगर भनेर भनेका पनि छौं ।  कतै घटना छ भने त्यो गलत हो । लुघवित्तले जबरजस्ती गरेको केशहरु पनि छैन । कतै त्यस्तो भएको छ भने त्यो राम्रो होइन् । त्यस्तोलाई कारबाही पनि गर्नुपर्छ भनेका छौं । सत्य, तथ्य हुनुप¥यो । बाहिर समाचारमा आएकै भरमा त्यहि हो पनि भनेर हुँदैन ।
सबै लघुवित्तले त्यसो गरेको होइन् । नेपाल लघुवित्त बैंकर्स संघले अफिसियल धेरै कार्यक्रमहरु गर्यौँं ।  सिइओलाई भन्दै गर्दा फिल्ड स्टाफले राम्रो गर्छु भनेर काम गरेको छ भने त्यस्तो हुनुहुँदैन् ।

(नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)

 

Ad