Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुले ब्याजदर परिवर्तनबारे विद्युतीय माध्यमबाट जानकारी दिनुपर्ने

२०७८ जेष्ठ ४ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैलाई ब्याजदर परिवर्तनको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने भएको छ ।
मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । बैंकका ग्राहकले आफूलाई थाहै नदिई बैंकहरुले ब्याजदर घटबढ गर्ने गरेको गुनासो बढेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ ।

यो भनेको बैंकहरुले मोवाइलमा म्यासेज पठाएर वा इमेल गरेर ग्राहकलाई व्याजदर परिवर्तनको जानकारी गराउनु पर्ने भएको छ ।

Ad