Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निषेधाज्ञा सकिएको एकमहिनासम्म ऋणीलाई कालोसूचिमा राख्न नपाइने

२०७८ जेष्ठ ४ गते

बैंकिङ खबर । राष्ट्र बैंकले कर्जा लिएका ऋणीलाई निषेधाज्ञा सकिएको एक महिनासम्म कालो सूचिमा राख्न नपाईने व्यबस्था गरेको छ । आर्थिक वर्ष २०७७ ७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा रोष्ट्र बैंकले यस्तो व्यबस्था गरेको हो । समिक्षामा कोभिड संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । यसैगरी कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर र व्याजदर कोरिडोरका व्यवस्थाहरु यथावत राखिएको छ भने नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थालेनै गर्न सक्ने व्यवस्था गरिएको छ ।

Ad