
बैंकिङ खबर/कोभिडको समयमा फ्रन्टलाइन सेवा प्रदायकमध्ये प्रहरीहरु पनि बढि जोखिममा पर्ने समुदाय भित्र पर्दछन् । झन् नाकामा खटिएका प्रहरीहरुले आवत जावतगर्ने मानिसहरु तथा यातायातका सवारीहरु चेक जाँचगर्नुपर्ने अवस्थामा त अझबढि सुरक्षा र सतर्कता अपनाउनु पर्ने हुन्छ ।
भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मंगलबार पीपीइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग प्रदान गरेको छ ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले मंगलबार बिहानै साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरीक्षक शिब श्रेष्ठलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । प्रहरी सहायक निरीक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पीपीइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिनुभयाे । यसले महामारीको अवस्थामा आफूहरुले अझ सहज तरिकाले कार्य गर्न सहयोग भएको र जनसमुदाय बीचमा आत्मियता बढेको बताउनुभयाे ।