बैंकिङ खबर । बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । बैंकहरुको छाता संगठनको रुपमा रहेको नेपाल बैंकर्स संघले अरु मुलुकबाट सामान ल्याएर अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो । भारतबाट भने सामान ल्याइने छैन । भारतबाट ल्याउँदा लामो समय लाग्ने भएका कारण अरु मुलुकबाट सामान ल्याइने भएको हो । २० दिन भित्र सामान आइपुग्ने भएकाले संघले अन्य देशबाट सामान ल्याएर प्लान्ट स्थापना गर्ने छ । राष्ट्र बैंकले यस विषयलाई नीतिगत सहयोग गर्ने भएपछि संघ अघि सरेको हो । सामाजिक उत्तरदायित्व (सीएसआर) को खर्च स्वास्थ्य क्षेत्रमा गर्ने गरी तयारी भइरहेको छ । संघले वीर हस्पिटलमा प्लान्ट लगाउने प्रस्ताव गरेपनि त्यहाँ चौधरी फाउण्डेसनलगायतले लगाउने भएपछि संघले अरु प्रदेशहरुमा लगानी गर्ने भएको छ । संघले सबै बाणिज्य बैंकहरुसँग छलफल गरेर कार्य अघि बढाएको हो । प्रदेश र केन्द्रको कार्यालयमा आएको मागका आधारमा एकीकृत गरेर प्राथमिकताका आधारमा आइसीयु, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको तयारी भइरहेको बैंकर्स संघले जनाएको छ ।
मुख्य
बैंकर्स संघले गर्यो प्लान्टको तयारी :आइसीयु, भेन्टिलेटर र अक्सिजनमा लगानी गर्ने !
२०७८ जेष्ठ ४ गते